Sagun Khabar
बैतडीका सरकारी कार्यालयमा छड्के अनुगमन 

बैतडी –बैतडीका सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरिएको छ । जिल्लास्थित विभिन्न १५ ओटा सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मंगलबारदेखि बिहीबार सम्म छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कार्यरत ३० जना कर्मचारी बिदा स्वीकृत नगराई बिदामा बसेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए । 

बिदा स्वीकृत नगरेरै बिदामा बसेका कर्मचारीहरुलाई अनुगमन टोली स्पष्टीकरण सोधेको छ भने सम्बन्धित कार्यालय प्रमुखहरुलाई समेत सचेत गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

सरकारी कार्यालयका सेवाहरुलाई चुस्तदुरुस्त र पारदर्शी रुपमा सञ्चालन गर्नका लागि विभिन्न कार्यालयहरुमा छड्के अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update