बैतडीको सुर्नया नदीमा डुबेर एक जनाको मृत्यु
बैतडी- बैतडीमा नदीमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाटन नगरपालिका ६ स्थित सुर्नया नदीमा डुबेर पाटन १ जरौलीका ५३ वर्षिय नर बहादुर भट्टराईको ज्यान गएको हो ।
शुक्रबार विहान नदीमा नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
नुहाँउने क्रममा नदीमा डुबेका उनको स्थानीय र प्रहरीले उद्धार गरी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएका थिए । उद्धार गरी स्वास्थ्यकेन्द्रमा पुर्याएका उनलाई स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेका हुन् ।
भट्टराइ नेपाल विद्युत प्राधिकरणको युनिट कार्यालय पाटनमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १२:५७
प्रतिक्रिया दिनुहोस्




