बैतडीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो
बैतडी- बैतडीमा खर काट्ने बेला भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ बर्षिया लिला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
शुक्रबार वडाकै सलेनी लोटे भिरबाट लडेर शुक्रबार उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १४:२२
प्रतिक्रिया दिनुहोस्




