बैतडी- नेपाली काँग्रेस बैतडीको बैठक सम्पन्न भएको छ । काँग्रेस बैतडी सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचनका विविध विषयमा छलफल गर्न बसेको बैठक सम्पन्न भएको नेपाली काँग्रेस बैतडीका सचिव देव राज जोशीले जानकारी दिए ।
बैठकले गठबन्धन संग तत्काल बैठक बस्ने , गठबन्धनका साझ उम्मेदवार जिताउन जिल्ला भरिका कमिटि परिचालन गर्ने निर्णय गरेको उनले बताए । यस्तै गठबन्धन विरुद्ध बागी बनेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको उनले बताए । यहि असोज ३१ गते सम्म उम्मेदवारी फिर्ताका लागि बागी उम्मेदवारलाई समय दिएको पनि सचिव जोशीले बताए ।
पहिलो निर्णय अनुसार अहिले गठबन्धनको बैठक सुरु भएको बताइएको छ । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीका नेताहरुको सहभागिता रहेको छ ।




