Sagun Khabar
बैतडीका उम्मेदवारहरु चुनावी प्रचारमा

बैतडी- बैतडीका उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेसंगै यहाँका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका हुन् ।

उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा देखिन थालेका छन् । मतदाताहरुलाई रिझाउन उम्मेदवारहरु अहिले गाउँघरमा देखिन थालेका हुन । गाउँ समाजका समस्या बुझन नआउने नेताहरु अहिले भोट माग्न  घरदैलोमा पुग्ने  गरेका स्थानीयहरुको  भनाई छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालय बैतडीले सबै दल र उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । उम्मेदवारलाई चुनावी प्रचारमा जाँदा १० भन्दा बढी झण्डा, २५ जनाभन्दा धेरै लैजान,बाजा सहितको भिडभाडमा आयोगले रोक लगाएकोले आचारसंहिता बिपरितका गतिविधि नगर्न  निर्वाचन कार्यालय  बैतडीले आग्रह गरेको हो ।  

यसैगरि बैतडीका उम्मेदवारले ३३ लाख रुपैयासम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । आयोगले प्रतिनिधि सभाका सदस्य उम्मेदवारले ३३ लाख  प्रदेश सभा ख का उम्मदेवारले २१ लाख र प्रदेश सभा ख का उम्मेदवारले २३ लाख रुपैयासम्म खर्च गर्न पाउने सीमा  निर्धारण  गरेको  हो ।

बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि ३  स्वतन्त्र सहित ११ जना चुनावी  मैदानमा छन्  ।  यस्तै  प्रदेश सभा क्षेत्र नं  क मा एक  स्वतन्त्र सहित ६ जना र   प्रदेश सभा ख मा ५ जना  चुनावी  मैदानमा छन् ।  

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update