Sagun Khabar
काँग्रेस  बैतडीले  सत्ता गठबन्धका उम्मेदवार जिताउन जिल्ला भरीका कमिटि परिचालन गर्ने

बैतडी- नेपाली काँग्रेस बैतडीले गठबन्धनका साझा उम्मेदवार जिताउन जिल्ला भरीका कमिटि परिचालन गर्ने भएको छ । काँग्रेस बैतडी सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सत्ता गठबन्धनका साझा उम्मेदवार जिताउन जिल्ला भरीका कमिटि परिचालन गर्ने निर्णय गरेको काँग्रे बैतडीका सचिव देव राज जोशीले बताए ।

प्रतिनिध सभा  सदस्यमा गठबनधनका साझा उम्मेदवार नेकपा माओवादीका  नरेन्द्र  कुवँर  विजयसुन्दर, प्रदेश सभा  क मा काँग्रेसका बिर बहादुर विष्ट र ख मा शिव राज भट्ट जिताउन चुनावी  अभियान सुरु हुने उनले बताए ।

काँग्रेस बैतडीले बागी फकाउने प्रयास पनि गरिरहेको छ । बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि सोमबार सम्मको समय दिएको छ । सत्ता गठबन्धन विरुद्ध बागी बनेका नेपाली काँग्रेसका नेता केशब बहादुर चन्द र हरिमोहन भण्डारीलाई उम्मेदवारी फिर्ताका लागि यहि असोज ३१ गते  सम्मको समय दिएको नेपाली काँग्रेस बैतडीका सचिव जोशीले बताए ।

टिकट वितरणमा असन्तुष्ट बनेका काँग्रेस नेता केशब बहादुर चन्द र हरिमोहन भण्डारी स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । केशब बहादुर चन्दले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने हरिमोहन भण्डारीले प्रदेश सभा क्षेत्र नं क बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

जिल्ला देखि केन्द्रस्तरका नेताहरुले उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका साझा उम्मेदवारलाई चुनावमा सघाउन आग्रह गरेपनि उनिहरुले मानेका छैन्न । उनिहरु आफु जित्ने दाबीका साथ चुनावी प्रचारप्रसारमा हिँडेका छन् ।  

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update