बैतडी - नेकपा एमालेका नेता एवं आसन्न निर्वाचनमा प्रदेश सभा क्षेत्र नं ख का उम्मेदवार लिलाधर भट्टले बैतडीमा एमालेले चुनाव जित्ने दाबी गरेका छन । सगुन टीभिको निर्वाचन विशेष कार्यक्रम सगुन संवादमा बोल्दै उनले एमालेले चुनाव जित्ने दाबी गरेका हुन् ।
गठबन्धनले कुनै फरक नपार्ने भन्दै उनले एमालेको जित सुनिश्चित रहेको बताएका हुन् । यस्तै उनले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै विकासका योजना सम्पन्न भएका र केहि योजना निर्माण प्रकृयामा रहेका बताएका छन् । २०७४ देखि २०७९ सम्म प्रदेशसभा सदस्य भएर प्रदेशको कानुन निर्माण र निर्वाचन क्षेत्र भित्रका विकास निर्माणका सवालमा आफुले धेरै काम गरेको उनले बताए ।
आफनो पहलकदमिमा सडक, खानेपानी,सिचाइ ,क्याम्पस भवन,छात्रावास ,स्कुल भवन ,वडा कार्यालयका भवन ,सौर्य उर्जा ,तटबन्ध,साना सिचाइ लगायतका ५ सय भन्दा बढी योजनाहरु सञ्चालनमा रहेका र सम्पन्न भएका उनले दाबी गरेका छन् ।
यस्तै केहि सडक ,खानेपानी ,सिचाइका योजना क्रमागत रुपमा अगाडी बढेका जनाउँदै नेता भट्टले आफ्नै पहलमा विशालपुर र उदयदेवको बिचको सुर्नया नदीमा विघुतको डीपिआर प्रदेश सरकारले बनाइ सकेको जानकारी दिए ।
चुनाव जित्ने दाबी गर्दै उनले समग्र विकासका लागि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्काे प्रसंगमा बोल्दै नेता भट्टले आफु ६० वर्ष पछि कुनै पनि संसदीय चुनाव नलड्ने समेत घोषणा गरेका छन् । पार्टीको राजनिती गरेपनि आफु ६० वर्ष पुगेपछि कुनै पनि संसदीय राजनिती नगर्ने उनले घोषणा गरेका हुन् ।
कर्मचारीले ६० वर्ष पछि अवकाश प्राप्त गरेर घर बस्नु पर्ने, राजनितीकर्मीले लामो समय सम्म संसदीय चुनाव लडिरहनुपर्ने यो राम्रो नहुने नेता भट्टको भनाई थियो ।
२०७४ सालमा बामगठबन्धनबाट चुनाव लडेर प्रदेश सभा ख मा विजयी भएका भट्ट आसन्न प्रदेश सभाको चुनावमा पनि उम्मेदवार बनेका छन् । निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेका अधुरा काम पूरा गर्न,नयाँ कामको थालनी गरि जिल्लाको विकास गर्न मेरो पुनः उम्मेदवारी रहेको उनको भनाई छ ।




