बैतडीको बगडी खोलामा ट्याक्टर खस्यो, चालक गम्भीर घाइते
बैतडी –बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । मेलौलीबाट पाटन तर्फ आइरहेको सुपप्र ०१००२ त ४८०६ नम्बरको ट्याक्टर आइतबार पाटन –पञ्चेश्वर सडक अन्तर्गत बगडीखोला पुलबाट तल खसेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
दुर्घटनामा परेर ट्याक्टर चालक पाटन नगरपालिका ८ हरिचनका ३२ बर्षीय किशोर बिष्ट गम्भीर घाइते भएका छन् । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा समान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १२:२०
प्रतिक्रिया दिनुहोस्




