बैतडीको सुर्नयामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिला गम्भीर घाइते
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा भीरबाट लडेर एक महिला गम्भिर घाइते भएकी छन् । सुर्नया गाउँपालिका वडा नं ८ को ढोले रातापानी घर भएकी २३ वर्षीया सरिता बोहरा भीरबाट लडेर घाइते भएकी हुन् । शनिबार बिहानको समय खर काट्ने क्रममा घरनजिकैको राताकाठा भीरबाट लडेर उनी गम्भिर घाइते भएकी पारिवारिक श्रोतले जनाएको छ ।
करिब १५० मिटर तल खसेकी सरिताको डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्




