Sagun Khabar
प्रहरी दिवसको पूर्व सन्ध्यामा बैतडी प्रहरीद्वारा वृक्षा रोपण

 बैतडी- जिल्ला प्रहरी कार्यालय  बैतडीले  प्रहरी दिवसको पूर्व सन्ध्यामा वृक्षा रोपण कार्यक्रम गरेको  छ ।  ६७ औँ प्रहरी दिवसको पूर्व सन्ध्यामा आइतबार कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राजा जोशीले जानकारी दिए ।

परिसर भित्र विभिन्न परजातिका बोटविरुवा रोपण गरिएको उनले बताए । कार्यालयको हाताभित्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही, लगायत अन्य प्रहरी कर्मचारीहरुले बिभिन्न प्रजातीका बोटबिरुवाहरू रोपण गरेका उनको भनाई छ ।

प्रहरी संगठनको स्थापना भएको दिनको समझनामा  सोमबार ६७ औँ प्रहरी दिवस  विभिन्न कार्यक्रम गरि मनाउने तयारी भइहरको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भोली देशैभरी ६७ औँ प्रहरी दिवस मनाइदै छ । देशभरी जस्तै बैतडी प्रहरीले पनि  विभिन्न कार्यक्रम गरि  प्रहरी दिवस मनाउने तयारी गरेको  प्रहरी प्रवक्ता जोशीले बताए ।

प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएको थियो । प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेर २०५२ सालदेखि प्रहरी दिवस मनाउदै आएको  छ । 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update