Sagun Khabar
बैतडीमा १ लाख ५० हजार बढी मतदाता 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका लागि १ लाख ५० हजार बढी मतादाता रहेका छन् । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ लाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा अहिलेको चुनावका लागि १ लाख ५० हजार १५६ मतदाता रहेका छन् । जिल्लाभरी ७५ हजार २७८ महिला, ७४ हजार ८०६ पुरुष र २ जना अन्य मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

जिल्लाको सबैभन्दा बढी मतदाता दशरथचन्द नगरपालिकामा रहेका छन् । यो नगरपालिकामा ११ हजार २९६ पुरुष र ११ हजार ४०६ महिला मतदाता रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिकामा १० हजार ७४१ पुरुष र १० हजार ७४० महिला मतदाता रहेका छन् । जिल्लाको पाटन नगरपालिकामा ९ हजार ७७३ पुरुष र १० हजार २२ महिला मतदाता रहेका छन् भने मेलौली नगरपालिकामा ६ हजार ६८१ पुरुष, ६ हजार ९६२ महिला र एक जना अन्य मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा ६ हजार ८०६ पुरुष र ६ हजार ४११ महिला मतदाता रहेका छन् । यसैगरी दोगडाकेदार गाउँपालिकामा ७ हजार ४६२ पुरुष र ७ हजार २८२ महिला मतदाता रहेका छन् । पञ्चेश्वर गाउँपालिकामा ५ हजार ४१५ पुरुष, ५ हजार ७५५ महिला र एकजना अन्य मतदाता रहेका छन् । 

शिवनाथ गाउँपालिकामा ४ हजार ८५९ पुरुष र ५ हजार ३७ महिला मतदाता रहेका छन् । जिल्लाको सिगास गाउँपालिकामा ६ हजार ११२ मतदाता रहेका छन् भने ६ हजार २१ महिला मतदाता रहेका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा ५ हजार ७३३ पुरुष र ५ हजार ६४१ महिला मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update