Sagun Khabar
बैतडीमा भन्सार छली ल्याएका सामग्री बरामद 

बैतडी –बैतडीमा भन्सार छली ल्याएका सामग्री बरामद गरिएको छ । सीमा नाका झुलाघाटबाट भन्सार छली ल्याएका सामग्री राखिएको गोदाममा छापा मारी ती सामग्रीहरु बरामद गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

झुलाघाट बजारमै भन्सार कार्यालय नजिक गोदाम बनाएर भन्सार छलीका सामग्री राखिएको भन्ने सूचनाका आधारमा आइतबार अनुगमन गर्दा भन्सार छलीका सामग्री फेला परेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । चिनी, बिँडी, चप्पल, अगरबत्ती लगायत ५० हजार बढीको सामग्री बरामद गरिएको उनले बताए । 

बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालयलाई बुझाइएको छ । कार्यालयले अब ती सामग्री लिलाम गर्ने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । भन्सार छलेर सामग्री ल्याइ गोदाममा राख्ने र त्यहीँबाट विक्रि गरेको भन्ने सूचना आएपछि प्रशासनले अनुगमन गरेको छ । सो गोदामलाई अहिले सील गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update