Sagun Khabar
बैतडीमा थपिए पाँच मतदान केन्द्र 
फाइल फोटो

बैतडी–आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बैतडीमा ५ ओटा मतदान केन्द्र थपिएका छन् । २०५ ओटा मतदान केन्द्र रहेको बैतडीमा आसन्न चुनावका लागि ५ ओटा मतदान केन्द्र थप भएर मतदान केन्द्रको संख्या २ सय १० पुगेको छ । 

आसन्न निर्वाचनका लागि मणिलेक मावि गुरुखोला, शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका वडा नं ५ को कार्यालय पल्लाचौंडाली, पुर्चौंडीस्थित जनता मावि रौनालीचौर र मेलौलीस्थित कोटेश्वर आधारभूत विद्यालयमा केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

यस्तै आसन्न निर्वाचनका लागि जिल्ला कारागारमा पनि एउटा अस्थायी मतदान केन्द्र राखिने फुँयालले जानकारी दिए । जिल्लामा १२९ मतदानस्थल रहेका छन् भने २१० ओटा मतदान केन्द्र राखिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update