बैतडी-बैतडीमा पनि ६७ औँ प्रहरी दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरेर सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीले पनि प्रहरी दिवस मनाएको हो । ६७ औं प्रहरी दिवसको अवसरमा बैतडीमा १० जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा १ जना प्रहरी निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ट हबल्दार २ जना, प्रहरी हबल्दा २ जना , प्रहरी सहायक हबल्दार ३ जना र १ जना प्रहरी जवान गरि १० जना प्रहरी कर्मचारी पुरस्कृत भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राजा जोशीले जानकारी दिए । प्रहरी कर्मचारीहरुलाई नगद सहित पुरस्कृत गरिएको उनले बताए ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आथित्यतामा सम्पन्न प्रहरी दिवस कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रशाद अवस्थी, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।
प्रहरी संगठनको स्थापना भएको दिनको समझनामा सोमबार देशभरि जस्तै ६७ औँ प्रहरी दिवस बैतडीमा पनि मनाइएको हो । प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएको थियो । प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेर २०५२ सालदेखि प्रहरी दिवस मनाउदै आएको छ ।




