Sagun Khabar
लोकतान्त्रिक बाम गठबन्धनद्वारा बैतडीका दुवै प्रदेश सभा क्षेत्रमा निर्वाचन परिचालन समिति गठन 

बैतडी –लोकतान्त्रिक बाम गठबन्धनले बैतडीका दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ । दुवै क्षेत्रमा सोमबार सम्पन्न भएको गठबन्धनको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर (ख) क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । 

बैतडी क्षेत्र नं (ख) मा नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । यस्तै प्रदेशसभास्तरीय मूल निर्वाचन परिचालन समिति समेत गठन भएको सचिव क्षेत्रीले बताए । यस्तै क्षेत्र नम्बर (ख)को हकमा उम्मेदवारको सचिवालय देहीमाण्डौंमा राख्ने र धनबहादुर क्षेत्रीको संयोजकत्वमा सूचना र समन्वय समिति गठन गर्ने निर्णय भएको छ । 

यस्तै लोकतान्त्रिक बाम गठबन्धनको प्रदेश सभा क्षेत्र नम्बर (क) को बैठक पाटनमा सम्पन्न भएको छ । पाटनमा सम्पन्न भएको बैठकले पनि संयुक्त निर्वाचन परिचालन समितिहरु गठन गरेको नेपाली कांग्रेसका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए । 

दुवै ठाउँमा सम्पन्न बैठकमा गठबन्धनका तर्फबाट संघीय सांसदका उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर), प्रदेश सभा क्षेत्र नम्बर (क) का उम्मेदवार बिरबहादुर बिष्ट र प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार शिवराज भट्टको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update