सुदूरपश्चिममा क्षणिक बर्षाको सम्भावना
बैतडी – सुदूरपश्चिममा आज क्षणिक बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम सहित कर्णाली र लुम्बिनी प्रदेशमा पनि दिउँसोपछि क्षणिक बर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशको मौसम बदली हुन लागेको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ ०९:५०
प्रतिक्रिया दिनुहोस्




