Sagun Khabar
‘म सहजै चुनाव जित्छु’ : एमाले उम्मेदवार पाल 

बैतडी –नेकपा एमाले बैतडीका अध्यक्ष एवं एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र नं.(क)का उम्मेदवार सुरेन्द पालले सहजै चुनाव जित्ने दाबी गरेका छन् । रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै पालले चुनाव जित्ने रणनीतिका साथ प्रचारप्रसारमा जुटेको बताए । 

एमालेलाई मत दिएमात्रै यो क्षेत्रको विकास सम्भव भएको उनले दाबी गरे । आफू एमालेको सर्वसम्मत उम्मेदवार भएकाले चुनाव जित्न कुनै कठीन नभएको उनको भनाइ छ । 

आफू मात्रै नभएर बैतडीमा संघीय संसद र प्रदेश सभाका दुवै सीटमा एमालेले चुनाव जित्ने उनको दाबी थियो । प्रदेश सभा क्षेत्र नं.(क)को विकासका लागि योजना सहित आफू मत मागिरहेको पालले बताए । 

आफूले निर्वाचनमा जितेमा प्रदेश क्षेत्र नं.(क)का दुर्गम ग्रामीण बस्तीमा विकासका योजना ल्याउने उनले बताए । मतदाताको घरदैलोमा पुग्दा आफू उत्साहित भएको पालको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update