बैतडी- बैतडीको प्रदेश सभा क्षेत्र नं ‘क’ मा उम्मेदवारहरु बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यो निर्वाचन क्षेत्रमा ६ जना चुनावी मैदानमा छन् । यो क्षेत्रमा नेकपा एमालेका सुरेन्द्र पाल, नेपाली काँग्रेसका, बिर बहादुर विष्ट, एकीकृत समाजवादीका नरेन्द्र विष्ट र काँग्रेसका बागी हरिमोहन भण्डारी उम्मेदवार रहेकाले रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको हो ।
यस्तै राप्रपाका रण बहादुर विष्ट राप्रपा नेपालका कृष्णा पन्त पनि यो क्षेत्रमा चुनाव लडि रहेका छन् । ६ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेस बिच हुने देखिएको छ । बलियो शक्तीका रुपमा बैतडीमा चिनिएको एमालेबाट उठेका पाल गठबन्धन भित्रको गडबडले बाजी मार्ने सोचमा छन् ।
नेपाली काँग्रेसका बिर बहादुर विष्ट पनि बागीले भोट काटेपनि आफुले जसरि पनि चुानाव जित्ने सोच बनाएर चुनावी मैदानमा उत्रिएका छन् । माओवादीको साथ पाएका विष्ट प्रदेश सभा क मा काँग्रेसको पकड राम्रो भएको भन्दै बाजी मार्ने दाउमा रहेका हुन् । एकीकृत समाजवादीका नेता नरेन्द्र विष्ट जनप्रियताका हिसाबले मत आफनो पक्षमा पर्नेमा ढुक्क छन् ।
यस्तै काँग्रेसका बागी भण्डारी भने धेरै मतदाता आफनो पक्षमा भएकाले जित हुने दाबी गरिरहेका छन् । प्रदेश सभा क भित्र काँग्रेस प्रति आस्थावान जनता टिकट वितरणमा रुष्ट भएका र आफुलाई रोज्ने उनको भनाई छ ।
राप्रपाका रणबहादुर विष्ट र राप्रपा नेपालका कृष्णा पन्त पनि जनता नयाँ मुहार खोजिरहेकाले आफुहरुको पक्षमा मत आउने भनिररहेका छन् । प्रदेश क मा स्थानीयतहको निर्वाचनको नतिजाको आधारमा काँगे्रस बलियो देखिन्छ ।
काँग्रसले स्थानीय तहको निर्वाचनमा तीन पालिकामा जित हात पारेको थियो। यस्तै एक पालिकामा अध्यक्ष, एक पालिकामा उपाध्यक्ष लगायतका वडाहरुमा कब्जा गरेको एमाले पनि यो क्षेत्रमा कम छैन् ।
उपप्रमुख पद सहित केहि वडा जितेको माओवादी पनि आफु संग मत भएको दावि गर्दै आएको छ ।
प्रदेश सभा क मा बलिया उम्मेदवार भएकाले चुनाव रोचक हुने आकलन गरिन थालिएको हो । प्रदेश सभा क मा ४१ वडा रहेका छन् । पुर्चाैडी नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिका यो निर्वाचन क्षेत्र भित्र पर्ने पालिका हुन् ।
प्रतिस्पर्धिहरु अहिले एजेण्डा र आश्वासनका पोका लिएर घरदैलो कार्यक्रममा व्यस्त छन् ।




