Sagun Khabar
बैतडीमा बजार अनुगमन : २७ व्यापारीलाई जरीवाना 

बैतडी –बैतडीमा यो महिना अहिले सम्म ११ पटक बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

निषेधाज्ञाको समयमा कालोबजारी भएको, महंंगी बढेको लगायतका गुनासोहरु आएपछि अनुगमन समितिले अनुगमन थालेको हो । अहिले सम्म दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

‘यो अवधिमा हामीले ५४ ओटा पसलमा अनुगमन गरेका छौं । २७ ओटा पसलेहरुलाई जरीवाना गरेका छौं ।’सूचना अधिकारी भारतीले भने, ‘कालोबजारी गर्ने, उपभोक्ताहरुलाई ठग्ने, म्याद सकेका सामग्री विक्रि गर्नेहरुलाई जरीवाना गरेका हौं ।’ 

खाद्य पसल, किराना पसल, डिलर, तरकारी पसल, औषधि पसल, मदिरा पसल लगायतमा अनुगमन गरिएको बताईएको छ । जरीवाना गरिएका २७ पसले मध्ये ६ जनालाई २० हजारका दरले, १७ जनालाई पाँच हजारका दरले र ४ जनालाई २ हजार एकसयका दरले जरीवाना गरिएको छ । 

२३ जनालाई उपभोक्ता संरक्षण ऐन २०७५ र चार जनालाई संक्रामक रोग ऐन २०२० अनुसार जरीवाना गरिएको हो । 
महामारीको समयमा कालोबजारी गर्ने, उपभोक्ताहरुलाई ठग्ने, अखाद्य सामग्री विक्रि वितरण गर्ने लगायतलाई जरीवना गरिएको हो । 

अनुगमनका क्रममा धेरै ठाउँमा म्याद नाघेका अखाद्य सामग्री भेटिएको, मूल्य सूची नराखेको लगायतका समस्या भेटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए । अनुगमनका क्रममा व्यापारीहरुलाई विभिन्न कुरामा सचेत समेत गराएको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update