Sagun Khabar
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

बैतडी- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे लागि सुदूरपश्चिम प्रदेशकाे टाेली छनाैट गरिएको छ । राजु रिजालकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

टाेलीकाे उपकप्तानमा बसन्त खत्री र अन्य सदस्यहरूमा वीरेन्द्र नाथ,गजेन्द्र बाेहरा,शेर मल्ल,नारायण जाेशी,बसन्त कार्की,हेमन्त धामी,मिलन बाेहरा,दिपक टमटा,नरेन सावद,कैलाश ऐर,टेक रावल र गजेन्द्र भण्डारी रहेका छन्। यस्तै खडकबहादुर बाेहरा,बिरेन्द्र बम,कृष्ण भट्ट र स्मिथ बुढा वैकल्पिक खेलाडीका रूपमा छनाैट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

कैलाली र कञ्चनपुरमा असाेज ३१ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनाैट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाे आधारमा टाेली घाेषणा गरिएको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयाेजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १३ गतेदेखि काठमाडौंमा हुदैछ।

सुदूरपश्चिमले पहिलाे खेल कात्तिक १४ गते गण्डकी प्रदेशसंग खेल्दैछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेकाे प्रादेशिक क्रिकेट संघका प्रशिक्षक खेमराज भट्टकाे दाबी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update