बैतडी –प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिक आएका बेला बैतडीमा मदिराको कारोबार र सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार कार्तिक २० गतेदेखि प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम नआउँदा सम्म मदिराको विक्रि वितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मदिराका कारण निर्वाचनको समयमा शान्ति सुरक्षा खलल पुग्ने सक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाएको जनाएको छ ।
जिल्लाभरी प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम नआउँदा सम्म मदिराको कारोबार र सेवन पूर्ण रुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । कसैले सूचनाको अवज्ञा गरेर मदिराको कारोबार र सेवन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।





