बैतडी –सत्ता गठबन्धनले भोलि बैतडीको पाटनमा आयोजना गर्ने चुनावी सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आउने भएका छन् । यसअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भनिएको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि आउने कुरा तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
तीनै जना नेताहरु दार्चुलाको गोकुलेश्वरमा बिहान ११ बजे हुने चुनावी सभालाई सम्बोधन गरेर दिउँसो १ बजे बैतडीको पाटनमा आउने कार्यक्रम तय भएको नेपाली कांग्रेसका सचिव देवराज जोशीले बताए ।
आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुका लागि भोट माग्न चुनावी सभामा शीर्ष नेताहरु आउने कार्यक्रम तय गरिएको हो । बुधबार हुने चुनावी सभाका लागि पाटनमा तयारी गरिएको छ । चुनावी सभाका लागि जिल्लाभरीबाट नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ ।




