Sagun Khabar
जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्रदान हुने सेवा स्थगन  

बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले  सेवाहरु स्थगन गरिएको जनाएको छ । कार्यालयमा कार्यरत कर्मचारी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएपछि २९ गते आज बाट  प्रशासन कार्यालयका सेवा स्थगन भएका जिल्ला प्रशासन कार्यालय  बैतडीले  जनाएको  छ ।

मंगलबार एक सूचना जारी  गरेर प्रशासनले  सेवा बन्द भएका  जनाएको हो ।  कर्मचारी निर्वाचनका लागि खटिएपछि कार्यालयमा जनशक्ति अभावले सेवा बन्द भएका  जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

अत्यावश्यक बाहेक सबै सेवा आज बाट स्थगन भएका  उनले  बताए । अर्काे सूचना प्रकाशन नभए सम्मका लागि दैनिक सेवा प्रवाह रोकिएको  सूचना  मार्फत जानकारी गराइएको  छ । 

315478332_1839120203089718_3446125080407594088_n1668489282.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update