Sagun Khabar
सुदूरपश्चिम प्रदेश कमाण्ड पोष्टद्वारा बैतडीको शान्ति सुरक्षा बारे अनुगमन

बैतडी -सुदूरपश्चिम प्रदेश कमाण्ड पोष्टले बैतडीको शान्ति सुरक्षाका बारेमा अनुगमन गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद दुवाडी शर्मा नेतृत्वको कमाण्ड पोष्टले बैतडीको शान्ति सुरक्षाका बारेमा अनुगमन गरेको  हो ।

 बुधबार बैतडी पुगेको टोलिले निर्वाचन लक्षित सुरक्षा अवस्था, निर्वाचन तयारी, सुरक्षा परिचालन लगायतका बारेमा अनुगमन गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । र टोलिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न जिल्ला स्थित सुरक्षा समितिले गरेको तयारीका बारेमा  जानकारी लिएको उनले  बताए ।  

टोलिमा सुदूरपश्चिम पृतना हेडक्वाटरका उपरथी विजय थापा, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव माहानिरीक्षक मोहन आचार्य, शसस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक विश्व कुमार भट्टराईको पनि सहभागिता थियो  । जिल्लाको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको बैठकले निर्वाचन केन्द्रित सुरक्षाका बारेमा आफुहरुले गरेका कामहरुको बारेमा टोलिलाई जानकारी गराएका थिए ।

बैतडीमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी भएको जिल्ला प्रशासन  कार्यालय बैतडीले  जनाएको  छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update