डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण

डडेल्धुरा -डडेल्धुरा क्याम्पस डडेल्धुरामा कार्यारत हेमा भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। क्याम्पसको पुस्तकालयमा कार्यरत भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधेको बताइएको छ।
उल्लेखित सन्दर्भमा तपाईंलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ। उनलाई आयोगले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण दिन भनिएको छ। आयोगले उनलाई विभागीय कारवाही किन हुनुनर्पे भनेको हो।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ ११:५०
प्रतिक्रिया दिनुहोस्