Sagun Khabar
डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका ढकालको ‘निराहार’ व्रत सुरु

डडेल्धुरा-जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले व्रत सुरु गरेका छन्। आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा  डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका ढकालले ‘निराहार’ व्रत सुरु गरेका हुन्।

गएराति स्थिर समय सुरु हुनुअघि एक भिडियोमार्फत् उहाँले व्रत बस्ने बताउनुभएको थियो । आजदेखि सुरु भएको उनले व्रत पर्सि ४ गतेसम्म रहनेछ ।

गुल्मी स्थायी घर भएका इञ्जिनियर ढकालले चुनावका लागि ४ महिनादेखि डडेल्धुरामा हुनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update