Sagun Khabar
बैतडीमा कोरोना निको हुने दर ८६ प्रतिशत बढी 

बैतडी –बैतडीमा कोरोना निको हुने दर ८६.६२ प्रतिशत पुगेको छ । पछिल्लो समयमा कोरोना निको हुने दर बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जारी निषेधाज्ञा पछि कोरोना संक्रमणदर कम हुँदै गएको र निको हुने दर बढेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘जारी निषेधाज्ञाका कारण भीडभाड कम हुँदा कोरोनाको संक्रमण कम फैलिएको छ । यसले गर्दा संक्रमणदर कम भएको छ भने निको हुने दर बढेको छ ।’

अहिले सम्म २ हजार ३७० जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ५३ जनाले कोरोना जितेका छन् । अहिले जिल्लामा ३०१ जना सक्रिय संक्रमित रहेका छन् भने १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

अहिले सम्म सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६२५ जनाले कोरोना जितेका छन् । सो नगरपालिकामा अहिले ७८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट दशरथचन्द नगरपालिकाका ९ जनाको ज्यान गएको छ । 

यस्तै पाटन नगरपालिकाका ४९७ जनाले कोरोना जितेका छन् भने ५४ जना सक्रिय संक्रमित रहेका छन् । पाटनमा कोरोना कारण ४ जनाको मृत्यु भएको छ । 

यसैगरी मेलौली नगरपालिकामा १३७ जनाले कोरोना जितेका छन् भने सो नगरपालिकामा २५ जना सक्रिय संक्रमित रहेका छन् । मेलौलीमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । 

यसैगरी पुर्चौंडी नगरपालिकामा ८९ जनाले कोरोना जितेका छन् भने ११ जना सक्रिय संक्रमित रहेका छन् । सो नगरपालिकामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।

यसैगरी पञ्चेश्वर गाउँपालिकाका १३७ जनाले कोरोना जितेका छन् त्यहाँ २३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सुर्नया गाउँपालिकामा ११८ जनाले कोरोना जितेका छन् भने त्यहाँ २३ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको सिगास गाउँपालिकामा १८२ जनाले कोरोना जितेका छन् भने २२ जना सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी शिवनाथ गाउँपालिकामा ८२ जनाले कोरोना जितेका छन् भने १६ जना सक्रिय संक्रमित रहेका छन् । दोगडाकेदार गाउँपालिकामा ९२ जनाले कोरोना जितेका छन् भने ७ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी डिलाशैनी गाउँपालिकामा ७५ जनाले कोरोना जितेका छन् भने ४० जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update