Sagun Khabar
प्रधानमन्त्री देउवाले गरे मतदान 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –प्रधानमन्त्री एवं  नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । 

प्रधानमन्त्री देउवा सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन् । मतदान गर्नका लागि केही दिन पहिलादेखि नै प्रधानमन्त्री देउवा गृह जिल्लामा रहेका छन् । 

मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रधानमन्त्री देउवाले सबैलाई मतदान गर्न आह्वान समेत गरेका छन् । उनले लेखेका छन् ‘मैले मतदान गरे, तपाँईहरु पनि सहभागी हुनुहोला ।’

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update