Sagun Khabar
प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा ५६ प्रतिशत मत खस्यो 

डडेल्धुरा –प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ । जिल्लाभरी ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए । 

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् । 

प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन् । 

Atrya hospital

यसैगरी प्रदेशसभा–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन्।

डडेल्धुरामा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल कायम भएका थिए। यहाँको कूल मतदाता संख्या ९१ हजार १०२ रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update