Sagun Khabar
डडेल्धुरामा २ बजेदेखि मतगणना हुने

डडेल्धुरा- डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन्। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताए ।

उनका अनुसार डडेल्धुरामा दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना सुरु हुने छ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।

डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update