Sagun Khabar
डडेल्धुरामा प्रधानमन्त्री देउवा दोब्बर बढी मतले अगाडि
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा प्रतिनिधि सभा अन्तर्गत नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् । १० हजार ३७८ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा रहेका छन् । 

उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ४४१ मतका साथ पछ्याइरहेका छन् । विपी कांग्रेसका कर्णबहादुर मल्लले १ हजार ५७१ मत ल्याएर तेश्रो स्थानमा रहेका छन् । अहिले सम्म ६५६ मत बदर भएको बताइएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update