Sagun Khabar
नेकपा एसले प्रतिनिधिसभामा अछामबाट खाता खोल्यो, कुँवर विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अछामबाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन् । 
उनले १९ हजार ५३४ मत प्राप्त गरे । कुँवरका प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरे । 

प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये २१ क्षेत्रमा उम्मेदवार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको मतगणना अनुसार १ क्षेत्रमा विजयी हुँदा ५ क्षेत्रमा अग्रता कायम गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update