Sagun Khabar
डडेल्धुरा प्रदेश सभा–२ मा स्वतन्त्र उम्मेदवार जोशीको शुरुवाती अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरा प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले अग्रता लिएका छन् । नवदुर्गा गाउँपालिका वडा नम्बर १ बाट गणना सुरु भएकोमा जोशीले सुरुवातदेखि नै फराकिलो अन्तर बनाएका हुन् । 

जोशीले ९ सय ७० र कांग्रेसका उम्मेदवार गोविन्दराज बोहराले ४ सय ९७ मत पाएका छन् । यस्तै एमालेका गजेन्द्र शाहीले ७६ मत पाएका छन् ।

डडेल्धुराको प्रदेश १ मा माओवादीका खगराज भट्टले एमालेका पठानसिंह बोहरालाई पछि पारेका छन् । अहिलेसम्म १ हजार २१७ मतगणना भएकोमा गठबन्धनका उम्मेदवार भट्टले ५५९ मत पाउँदै लिड गरेका छन् । यस्तै एमालेका बोहराले ५१३ मत पाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update