Sagun Khabar
कैलाली–३ को दुवै प्रदेश सभामा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी

कैलाली –कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन् ।  यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् । 

यस्तै प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश सभातर्फको (१) मा घनश्याम चौधरी विजयी भएका छन् । उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारुले ११ हजार ५७२ मत ल्याएका थिए । 

प्रदेश सभा क्षेत्र नं (२) मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत ल्याए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update