Sagun Khabar
कैलाली –५ मा कांग्रेसका पन्तले लिए अग्रता,एमालेका राना पछि परे 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन् ।  नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई पछि पार्दै पन्तले अग्रता लिएका हुन् । मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् । 

११ हजार २४२ मत गणना हुँदा पन्त ३ हजार ८९१ मतका साथ अगाडि छन् । राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update