Sagun Khabar
बैतडीमा माओवादीका विजयसुन्दरले लिए अग्रता ,एमालेका भण्डारी पछि परे 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा प्रतिनिधि सभा तर्फको जारी मतगणना गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले अग्रता लिएका छन् । मतगणनाको शुरुदेखि नै अग्रता लिइरहेका एमालेका उम्मेदवार दामोदर भण्डारीलाई पछि पार्दै कुँवरले अग्रता लिएका हुन् । 

३१ हजार ४७४ मत गणना हुँदा माओवादी केन्द्रका कुँवरले १३ हजार ७३२ मत प्राप्त गरेका छन् । एमालेका भण्डारीले १३ हजार ४२ मत प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रका कुँवर ६९० मत अघि देखिएका छन् । प्रतिनिधि सभा अन्तर्गत अहिले पुर्चौंडी नगरपालिकाको मत गणना भइरहेको छ । पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका,मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update