Sagun Khabar
कैलाली –४ मा कांग्रेसका बलायर विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हु् । बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् । 

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का प्रेमबहादुर आलेसँग मन्त्री भएकै बेला उनी पारजित भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update