Sagun Khabar
अछाम –२(१) मा माओवादी केन्द्रका रावल विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार रावल ११ हजार २ सय ३१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर बिष्टले ८ हजार ४ सय ५२ मत पाए । रावल २०६४ मा पनि अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update