Sagun Khabar
डडेल्धुरा प्रदेश –१ मा माओवादी केन्द्रका खगराज भट्ट विजयी 

डडेल्धुरा –डडेल्धुरा प्रदेश क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट विजयी भएका छन् । उनी एमालेका पठानसिंह बोहरालाई पराजित गर्दै निर्वाचित भएका हुन् । 

भट्टले १२ हजार ११२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बोहराले ९हजार १९५ मत प्राप्त गरे । सो क्षेत्रमा २५हजार ३६१ मत खसेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

भट्ट यसअघि २०६४ र २०७० को संविधान सभा निर्वाचन र २०७४ मा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवासंग पराजित भएका थिए । 

२०७९ को निर्वाचनमा नेपाली कांग्रेससंगको गठबन्धन सहित भट्ट निर्वाचित भएका हुन् । माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टलाई माओवादी भित्र बौद्धिक नेताको रुपमा लिने गरिन्छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update