Sagun Khabar
डडेल्धुरा प्रदेश सभा–२ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी 

डडेल्धुरा –डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन् । उनी ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पछि पार्दै जोशी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी बोहराले १० हजार  ६ सय ९० मत पाए ।

०७४ सालको निर्वाचनमा यहाँ नेपाली काँग्र्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए । वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए । अहिले मल्लकै पार्टी विपी कांग्रेस सहितको सहयोगमा जोशी निर्वाचित भएका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update