Sagun Khabar
कैलाली ५ (२)मा कांग्रेसका देउवा विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् ।  सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन् ।  उनी प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे ।  नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३५८ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ मत पाए । सो क्षेत्रमा कांग्रेसबाट बागी उठेका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त पाए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update