Sagun Khabar
अछाम–२(२)मा कांग्रेसका रावल विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावल निर्वाचित भएका छन् ।  गठबन्धनका साझा उम्मेदवार रहेका रावल ११ हजार २१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६६४ मत प्राप्त गरे । राप्रपाका उम्मेदवार दीपक विष्टले २०३ र स्वतन्त्र उम्मेदवार नृप विष्टले १९६ मत प्राप्त गरे । विजयी रावल नेपाल प्रहरीका पूर्व एसएसपी समेत हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update