चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ घाइते
                        
                        
                                                
                                            
                                                                    उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।
अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो । उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो । यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः ३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:५४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    