Sagun Khabar
कैलाली –५ बाट कांग्रेसका पन्त विजयी 

कैलाली –कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।  उनी २१ हजार ३९२ मत ल्याउँदै विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारदमुनि रानाले २० हजार ३१८ मत पाए । कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले ८ हजार ३४९ मत ल्याए । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० र राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्टले ३४०४ मत ल्याइन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update