Sagun Khabar
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा एकजना मजदुरको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ३ स्थित सडकमा सुपप्र ०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर कैलालीका एक मजदुरको मृत्यु भएको हो । 

बिहीबार सडकको तलपट्टी जाली भर्ने काम गरिरहेका कैलाली गोदावरी नगरपालिका २ का ५० वर्षीय पल्टुराम चौधरीको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टरले थिचेर गम्भीर घाइते भएका सोही नगपरपालिका ४ बस्ने ४५ वर्षीय कालुराम चौधरीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update