Sagun Khabar
अछाममा प्रतिनिधि सभा समानुपातिक तर्फ सबैभन्दा बढी मत कांग्रेसले पायो 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ ।

कांग्रेसले ३० हजार ३४९ मत पाएको छ । नेकपा एमालेले २८ हजार ९९३, नेकपा माओवादी केन्द्रले १२ हजार ५६२, एकीकृत समाजवादीले ४ हजार ३७० र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४७० मत पाएका छन् । 

त्यस्तै, क्षेत्र नम्बर १ मा प्रदेशसभा समानुपातिकतर्फको मत गणना पनि सकिएको छ । जसमा कांग्रेसले १४ हजार ४२ मत पाएको छ । एमालेले १४ हजार १९, माओवादी केन्द्रले ६ हजार ८९१ र समाजवादीले ३ हजार ४४६ मत पाएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा समानुपातिकतर्फको मत गणना भइरहेको छ ।   
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update