Sagun Khabar
कैलालीको घोडाघोडी नगरपालिकामा तालबन्दी 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ । शनिबार सरकारी निवासमा मदिरा सेवन गरी वितण्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो । 

कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । विभिन्न चार बुँदे माग राखेर तालाबन्दी गरिएको हो । 

नेकपाले गिट्टी, बालुवामा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको, नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरेको जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update