Sagun Khabar
छुट्टाछुट्टै दुर्घटनामा कैलालीका २ र कञ्चनपुरका एकजनाको मृत्यु 

कैलाली – कैलाली र कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा कैलालीका दुई र कञ्चनपुरका एक जना गरी तीन जनाको मृत्यु भएको छ । कैलालीमा मोटरसाइकलबाट खसेर कैलारी गाउँपालिका ८ बस्ने ३५ बर्षीय राजेश चौधरीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा प्रदेश २–०३–०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर चौधरीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै कैलालीमा मोटरसाइकल पल्टिएर  एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० अमखैयामा आइतबार मोटरसाइकल पल्टिएर चालकको मृत्यु भएको हो । धनगढी उपमहानगरपालिका ३ का ३६ वर्षीय टेकनाथ न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै कञ्चनपुरमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ वडा कार्यालय नजिक सडकमा गाडीले ठक्कर दिएपछि युवकको मृत्यु भएको हो ।  

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update