बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी मावि देहीमाण्डौंमा वक्कृतकला प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा न्यूनीकरणमा किशोरकिशोरीहरुको भूमिका बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको पीसवीन नेपालका फिल्ड कर्मचारी लोकेश भट्टले बताए ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, भिएसओ र पीसवीन नेपालको सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा तीनओटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं र कुलौन मावि खतेडीका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा निङ्गलाशैनी माविका निमेष बोहरा प्रथम, मणिलेक माविकी लक्ष्मी भाट द्वितीय, निङ्गलाशैनी माविकी पार्वती बोहरा तृतीय र कुलौन मावि खतेडीकी निरा क्षेत्रीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रसाद भट्ट, निङ्गलाशैनी माविका प्रधानाध्यापक प्रेमसिंह बोहराले लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।




