Sagun Khabar
बैतडीको पुर्चौंडी –२ मा विद्यालयको शैक्षिक गुणस्तरबारे छलफल 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं २ मा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका बिषयमा छलफल भएको छ । वडाभरी रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई बोलाएर सोमबार छलफल गरिएको कार्यवाहक वडा अध्यक्ष कर्णबहादुर धानुकले बताए । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन के गर्न सकिन्छ भन्ने उद्देश्य सहित सरोकारवालाहरुसंग छलफल गरिएको उनले बताए । वडा कार्यालयमा गरिएको छलफलमा वडाभरीका ९ ओटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरु गरी २९ जनाको सहभागिता रहेको थियो । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको भन्ने व्यापक जनगुनासो आएकाले शैक्षिक गुणस्तर सुधारका बिषयमा छलफल भएको कार्यवाहक वडा अध्यक्ष धानुकले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update